विदेशी लगानीका उद्योगमा सरकारको निगरानी

614
views

काठमाडौं १२ भदौ । उद्योग धन्दा गर्ने उद्देश्य भएका विदेशी लगानीका कम्पनीले धर्मप्रचार गरिरहेका त छैनन् रु यही आशंकामा सरकारले त्यस्ता उद्योग र कम्पनीहरूप्रति निगरानी बढाएको छ । विदेशी लगानीमा सञ्चालित कतिपय कम्पनीले उद्देश्यअनुसार काम नगरेको र व्यापारिक प्रवेशाज्ञा (भिसा) लिएर इसाई धर्म प्रचार गरेको भेटिएपछि सरकार त्यस्ता उद्योग र तिनका संचालकप्रति कडाइ गर्ने भएको छ ।

गृह मन्त्रालयले गत असार दोस्रो साता व्यवसायिक प्रवेशाज्ञा ९बिजनेस भिसा० को आडमा चर्च चलाएर धर्म प्रचारमा संलग्न एक फिलिपिनी दम्पत्तीलाई एक वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्कासन ९डिपोर्ट० गरेको थियो ।

व्यापारिक भिसा लिएर इसाई धर्म प्रचारमा संलग्न भएको पुष्टि भएपछि उद्योग मन्त्रालयले थप उद्योगमा व्यापारिक भिसामा बसेका विदेशीको गतिविधिमा निगरानी बढाएको छ । ललितपुरको पुल्चोकमा रेस्टुरेन्ट चलाएर बसेका फिलिपिनी दम्पत्तीले कुमारीपाटीको ‘इभर नेसन चर्च’ मा पादरी भई इसाई धर्म प्रचार गरेको अभियोगमा अध्यागमन विभागले छानबिन थालेको थियो ।

छानबिनका क्रममा उनीहरूले व्यवसायिक भिसाको आडमा चर्चमार्फत् इसाई धर्म प्रचार गरेको फेला परेपछि अध्यागमन विभागले एक वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाउँदै निष्कासन गरेको थियो ।

उद्योग विभागले त्यस्ता शंकास्पद गतिविधि गर्ने आधा दर्जन विदेशी लगानीमा सञ्चालित उद्योग र सञ्चालकहरूको गोप्य विवरण उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाएको स्रोतले बताएको छ । विभागका एक कर्मचारीका अनुसार, उद्योग मन्त्री मातृका यादवले त्यस्ता गतिविधिमा संलग्न विदेशीको थप विवरण समेत उपलब्ध गराउन उद्योग विभागलाई निर्देशन दिएका छन् ।

मन्त्रालयले विभागलाई यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा संस्थाको विवरण संकलन गरी कारवाहीका लागि उद्योग मन्त्री अध्यक्ष हुने औद्योगिक प्रवद्र्धन बोर्डमा कारवाही प्रस्ताव पेश गर्न लिखित निर्देशन दिएको छ । तर विभागले प्रस्ताव पेश गर्न आलटाल गरिरहेको स्रोतले बतायो ।

उद्योग मन्त्रालयका एक कर्मचारीले भने, ‘प्रस्ताव आउनासाथ कारवाहीमा जान्छौं ।’ उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री यादवले विदेशी लगानीमा सञ्चलित कतिपय उद्योग धर्मप्रचारमा संलग्न भएको सूचना प्राप्त भएको र त्यसबारे छानबिन भइरहेको बताए ।

मन्त्री यादवले अन्नपूर्णसँग भने, ‘विदेशीले जुन प्रयोजनका लागि लगानी गरेर उद्योग खोलेका छन, उनीहरू त्यो काममा मात्र सीमित हुनु पर्‍यो । बाँकी काम त राज्यको लागि सैह्य हुँदैन ।’ नेपालमा अमेरिका, फिलिपिन्स, इन्डोनेसिया, जापान, दक्षिण कोरियालगायतका नागरिकहरूले संचालन गर्दै आएका उद्योगले समानान्तर चर्च समेत सञ्चालन गर्दै आएको स्रोतले बतायो ।

त्यसरी उद्योग खोलेर नेपालमा व्यापार गर्दै आएका विदेशीले विभिन्न च्यारिटी÷ट्रस्टबाट रकम ट्रान्सफर गरेको पाइएको छ । अधिकांश विदेशी उद्योगले ट्रस्टको पैसा प्रयोग गरेर उद्योग सञ्चालन गर्दै आएका छन् ।

उद्योग विभागले निरीक्षणमा म्युजिक टे«निङ सेन्टर, भाषा इन्स्टिच्युट, रेस्टुरेन्ट चलाउने अनुमति पाएका केही विदेशी नागरिकले प्रवेशाज्ञाको दुरूपयोग गर्दै इसाई धर्म प्रचार गरिरहेको पाइएको थियो ।

मन्त्रालयले विदेशी लगानीका कम्पनी÷उद्योगमाथि प्रत्येक ६ महिनामा निरीक्षण गर्न र आवश्यक परे जिल्ला प्रशासन, अध्यामगन वा गृह मन्त्रालयलाई सोझै पत्राचार गर्न यसअघि समेत दिर्नेशन दिएको थियो । त्यस्ता उद्योगका संचालकले सामान्य शैक्षिक र आर्थिक स्तर भएका व्यक्तिलाई धर्म परिवर्तन र इसाइ धर्मबारे प्रवचन दिँदै आएका छन् ।

संविधानले कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन नहुने र त्यस्तो कार्य कानुनबमोजिम दण्डनीय हुने स्पष्ट पारेको छ । अन्नपूर्णपोष्टबाट