खानीमा धनी प्रदेश नम्बर तीन

927
views

काठमाडौं । प्रादेशिक संरचना अनुसार खनिज अन्वेषण सम्भाव्यतामा प्रदेश नं ३ अगाडि देखिएको छ । खानी तथा भूगर्व विभागले सातवटा मध्ये ३ नम्बर प्रदेशमा सबैभन्दा धेरै खनिज उत्खनन् भएको जानकारी दिएको आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।

प्रदेश नं ३ पछि प्रदेश नं ५ खनिज सम्भाव्यतामा अगाडि रहेको विभागले जानकारी दिएको छ । यस्तै प्रदेश नं २ मा हालसम्म कुनैपनि खनिजको अन्वेषण अनुमति प्रदान गरिएको छैन । मुलुक संघीय संसचनामा प्रवेश गर्नुपूर्व काठमाडौंलाई केन्द्रीत गरेर निजी क्षेत्रले प्रदेश नं ३ मा खानी उद्योग खोल्न चासो देखाएको विभागका अधिकारी बताउँछन् ।

राजधानी आसपासका क्षेत्रमा उद्योग सञ्चालनका लागि धेरैजना आकर्षित हुने गरेको विभागका सचिव दिलीप झाले बताए ।