अमेरिका र उत्तर कोरियाको सम्बन्धमा फेरि खटपट

890
views

काठमाडौं । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले अमेरिकाले हस्तक्षेपको योजना बनाइरहेको आरोप लगाएको छ । अमेरिकाले हसिलो अनुहार लिएर वार्तामा बस्ने तर आपराधिक षड्यन्त्रको तानाबाना बुनेर आक्रमण गर्ने गरेको पत्रिकाले आरोप लगाएको छ ।

यदि अमेरिकाले यस्तो गरे त्यो उसको गम्भीर भुल हुने चेतावनी दिइएको छ । आइतवार मात्र दक्षिण कोरियाको रेडियोले प्योङयाङमाथिको हस्तक्षेपको उद्देश्यका साथ अमेरिकी सेनाले जापानसँग मिलेर सैन्य अभ्यास गरिरहेको प्रसारण गरेको थियो ।

यस्तै हस्तेक्षप गर्ने योजना नै हिस्सा अन्तर्गत अमेरिकी विशेष युनिट फिलिपिन्स तर्फ लागेको पनि दक्षिण कोरियाको रिपोर्टलाई आधार मानी सामग्री प्रसारण गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना विदेशमन्त्री माइक पोम्पिायोको प्योङयाङ भ्रमण रद्द गरेको भोलिपल्टै उत्तर कोरियाका तर्फबाट कडा टिप्पणी आएको हो ।

उत्तर कोरियाले सिंगापुर सहमति अनुसार परमाणु निशस्त्रीकरणमा पर्याप्त काम नगरेको भन्दै उक्त भ्रमण रद्द गरिएको थियो ।

गत जुनमा उत्तर कोरियाली नेता किम जोङ उनसँग भएको सिंगापुर शिखर वार्तापछि राष्ट्रपति ट्रम्पले उत्तर कोरियाबाट कुनै पनि परमाणु जोखिम नभएको बताएका थिए ।

तर त्यसपछि पनि उत्तर कोरियाले परमाणु कार्यक्रमलाई निरन्तरता दिइरहेको समाचारहरु सार्वजनिक भएका छन् ।

संयुक्त राष्ट्र संघको परमाणु एजेन्सीले पनि उत्तर कोरियालले आफ्नो आणविक कार्यक्रम नरोकेको बताएको छ ।(एजेन्सी)