म्यानचेस्टर युनाइटेड लगातार दोस्रो पटक पराजित

575
views

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । खेलमा टोटनह्यामले म्यानचेस्टर युनाइटेडलाई ३–० ले पराजित गरेको हो । लिगमा म्यानचेस्टर युनाईटेडले लगातार दोस्रो हार ब्यहोरेको हो ।

स्टार खेलाडीले भरिएको युनाईटेडविरुद्ध टोटनह्यामले पहिलो हाफ गोलरहीत बराबरी खेलेको थियो । तर, दुई मिनेटभित्र दुई गोल गर्दै टोटनह्यामले युनाईटेडलाई स्तब्ध बनायो ।

५० औं मिनेटमा ह्यारी केनले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि ५२ औं मिनेटमा लुकास मोउराले टोटनह्यामका लागि अर्को गोल थपे ।

दुई गोलले पछि परेको युनाईटेडविरुद्ध ८४ औं मिनेटमा टोटनह्यामका लुकासले नै गोल गर्दै टोलीलाई ३–० को जित दिलाए ।