बिमस्टेक सम्मेलन-को को पाहुना आउँदै आज ?

1000
views

काठमाडौं १३ भदौ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)  सम्मेलनको लागि आजदेखि उच्चतहका पाहुनाहरु नेपाल आउँदैछन् ।भोली र पर्सी काठमाडौंमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास अर्थात बिमस्टेक सम्मेलनको लागि विदेशी पाहुनाहरु आउने क्रम तीव्र भएको छ ।

म्यानमारका राष्ट्रपति विन मिन्टसहित भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमारका विदेशसचिवहरु मंगलबार नै काठमाडौं आइसकेका छन् । केही देशका परराष्ट्रमन्त्रहिरु पनि काठमाडौ आएका छन् ।

बुधबार भुटानको सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक नेपाल आउँदै हुनुहुन्छ ।

यस्तै बुधबार नै श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना नेपाल आउँदै हुनुहुन्छ ।

बिमस्टेकको सम्मेलन हुने दिन बिहीबार ३ देशका सरकार प्रमुख नेपाल आउँदैछन् । बिहीबार बिहान ८ बजेदेखि ११ बजेको बीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँनुहुनेछ ।

यस्तै बिहीबार नै बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद बिहीबार बिहान झण्डै नौ बजेको समयमा त्रिभुवन विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको छ । त्यस्तै थाइल्याण्डका राष्ट्रपति प्रायुट चान ओ चा पनि बिहीबार नै नेपाल आउने कार्यक्रम रहेको छ ।