काठमाडौं ओर्लिए भुटानी सरकार प्रमुख वाङचुक

765
views

पर्वत, १३ भदौ ।भुटानका अन्तरिम सरकार प्रमुख छिरिङ वाङचुक बुधबार बिहान ८ बजे काठमाडौ आईपुगेका छन् । वाङचुक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौं उत्रेका छन् ।

बहुपक्षीय आर्थिक तथा प्रविधिक सहयोगका लागि बंगलाको खाडीको प्रयास (बिम्स्टेक) को चौथो सम्मेलनमा सहभागी हुन उनी काठमाडौं आएका हुन् ।

नेपालले पहिलो पटक आयोजना गरेको बिमस्टेक सम्मेलन बिहिबार सोल्टी होटलमा उद्घाटन हुँदै छ । अन्य देशका राष्ट्र वा सरकार प्रमुख आउने क्रम जारी छ ।