पाँच वर्षीया बालिका बलात्कृत

811
views

कोहलपुर भदौ १३ कोहलपुर नगरपालिका–३ मैटहवाकी ५ वर्षीया बालिकालाई बलत्कार गरेको आरोपमा कोहलपुर प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

भारतको उत्तर प्रदेश घर भई हाल कोहलपुर–४ बस्ने उनकै काका नाता लाग्ने १९ वर्षीय हरुण खाँनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्याल कोहलपुरका प्रहरी निरिक्षक मान बहादुर विसीले जानकारी दिए ।
खाँनले बालिकालाई मंगलबार दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बलात्कृत बालिकाको मंगलबार नै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा स्वास्थ्य परीक्षण गराइएको र मेडिकल रिर्पोट आउन बाँकी रहेकोले आएपछि मात्र बलत्कार भएको हो होइन भन्ने कुरा पत्ता लाग्ने प्रहरी निरिक्षक विसीले बताए । मंगलबार घटना घटेपनि प्रहरीमा जाहेरी भने दर्ता गरिएको छैन ।
बलात्कारका आरोपी खाँनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको कोहलपुर इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।