एसिया कप छनोटः नेपालद्वारा ओमानसामु २ सय २२ रनको लक्ष्य प्रस्तुत

590
views

काठमाडौं – मलेसियामा जारी एसिया कप छनोटको पहिलो खेलमा नेपालले ओमानसामु २ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ। बायुमास ओभर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले पूरै ५० ओभरमा ९ विकेट गुमाउदै २ सय २१ रन बनाएको छ ।

नेपालको पालीमा सागर पुनले सर्वा्धिक ८३ रनको योगदान दिएका छन् । सागरले ८४ बलको सामना गर्दै ६ चौंका र २ छक्का प्रहार गरे । त्यस्तै ओपनर ज्ञानेन्द्र मल्लले ६० बलमा ६ चौंका र १ छक्काको मद्दतमा ४५, आरिफ शेखले ३६ र करण केसीले नटआउट २६ रनको योगदान दिए ।

त्यस्तै कप्तान पारस खड्काले ८, सुबास खकुरेलले ४, दिपेन्द्र सिंह ऐरीले ९, सोमपाल कामीले ५ रन बनाउदा र रोहितकुमार पौडेल शुन्य, रनमा आउट भए ।

सुरुवातमै लगातार ४ विकेट गुमाएको नेपालका लागि सागर पुन र आरिफ शेखको जोडिले इनिङ उकासेको थियो। ओमानका लागि बिलाल खान, मोहमेद नदिम र अजय लालचेटाले समान २–२ विकेट लिए। अबको केही समयपछि ओमानले जवाफी ब्याटिङ गर्नेछ ।