राष्ट्रपति विन मिन्ट लुम्बिनीमा

947
views

लुम्बिनी । म्यानमारका राष्ट्रपति विन मिन्ट लुम्बिन आई पुगेका छन् । कामाडौँबाट चार्टड विमानमा भैरहवा स्थित गौतमबुद्ध विमानस्थलमा अवतरण गरेका राष्ट्रपति मिन्ट हेलिकप्टरमा लुम्बिनी आएका हुन् ।

लुम्बिनीमा संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री रवीन्द्र अधिकारी, प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, लुम्बिनी विकास कोषका उपाध्यक्ष भुक्षु मैत्तेयले स्वागत गरे ।

राष्ट्रपति विन मिन्टले मायाँदेवी मन्दिरको दर्शन गरेका छन् । उनलाई लुम्विनी विकास कोषका अधिकारीहरुले त्यहाँको बारेमा जानकारी गराएका थिए ।

उनलाई पर्यटमन्त्री रवीन्द्र अधिकारीले मायाँको चिनो स्वरुप बुद्धको मुर्ती प्रदान गरे ।