नेपालद्वारा श्रीलंकालाई अध्यक्ष्यता हस्तान्तरण

655
views

काठमाडौं, १३ भदौ । बिमिस्टेकको मन्त्रीस्तरीय अध्यक्षता नेपालले बुधवार श्रीलङकालाई हस्तान्तरण गरेको छ ।

बुधवार सम्पन्न १६ औ बैठकबाट नेपालले आफ्नो अध्यक्ष्यता श्रीलङकालाई हस्तान्तरण गरेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बताएका छन् । बैठक मन्त्री ज्ञवालीकै अध्यक्ष्यतामा बसेको थियो ।

उक्त बैठकमा बर्मा र बङगलादेशका विदेश मन्त्री क्रमशः क्वान लीन र अब्दुर हसन सहभागी थिए । यस्तै अन्य सदस्य राष्ट्रका मन्त्रीहरु पनि सहभागी थिए । बैठकमा थाइल्याण्डका विदेश मन्त्री दोन प्रमुद विनय, श्रीलंकाका विदेश राज्यमन्त्री वसन्ता सेनानानायक र भुटानका विदेश सचिव सोनाम छोङ्गले आ–आफ्नो देशको प्रतिनिधीत्व गरेका थिए ।