ओमानसँग नेपालको लज्जास्पद हार

684
views

काठमाडौं– एसिया कप छनोटको पहिलो खेलमा नेपालले लज्जापद हार बेहोरेको छ । एक दिवसिय मान्यताप्राप्त नेपाललाई ओमानले ७ विकेटले पराजित गर्यो । टस हासेर पहिले ब्याटीङ गरेको नेपालले ९ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो । ४८ ओभरमा ३ विकेट गुमाएर ओमानले लक्ष्य भेटेको हो ।

नेपालका लागि पारस खड्काले मात्र विकेट लिन सके । ओमानका दुई ब्याट्सम्यान रनआउट भएका थिए ।

नेपालले बलिङ र ब्याटीङ दुवै पक्ष राम्रो गरेन । पहिले ब्याटीङ गरेको नेपालले ३१ रनमा ओपनर सुवास खकुरेललाई गुमाएको थियो । अर्का ओपनर ज्ञानेन्द्र मल्लले ६० बलमा ४५ रन जोडे । ८० रनमै ४ विकेट गुमाउन पुगेको नेपाललाई सागर पुन र आरिफ सेखले सम्हालेका थिए । सागरले ८४ तथा आरिफले ३६ रनको योगदान दिए ।

पछि करण केसीले १० बलमा २६ रन जोड्दा नेपालको स्कोर २ सय २१ पुगेको थियो । बलिङमा बुधबार नेपाल निकै कमजोर देखियो। ३३ रन बनाउँदा कप्तान पारसले ओमानका ब्याट्सम्यानलाई आउट गरे । उनीपछि अन्य बलरले विकेट लिन सकेनन् ।

घाइते भएका सन्दीप लामिछानेले राम्रो बलिङ गरे तर विकेट लिन सकेनन् । उनले १० ओभरमा २७ रन दिएका थिए ।

५ ओभर मात्र बलिङ गरेका सोमपालले २७ रन दिए । त्यस्तै करण केसीले ६ ओभरमा २९ रन, पारस खड्काले ७ ओभरमा २७ रन, सागर पुनले ८ ओभरमा ३० रन तथा दीपेन्द्रसिंह ऐरीले ३ ओभरमा १९ रन दिए । बसन्त रेग्मी निकै महंगा सावित भए। उनले ९ ओभरमा ६१ रन दिएका थिए ।

ओमानमा ओपनर अकिब इलियासले १६ तथा जतिन्दर सिंहले ३० रन बनाए । भिएस वाटरकोटरले ४१ बनाएर रनआउट हुँदा कवार अली ८४ रन र जिसम मसुट ४५ रनमा नटआउट हुँदै १२ बल बाँकी रहँदै टिमलाई जित दिलाएका हुन् ।