प्रधानमन्त्रीसँग पाहुना सम्वाद, तीन देशका राष्ट्रप्रमुख आजै आउँदै

897
views

काठमाडौं, १४, भदौ । बिम्स्टेक सम्मेलनमा सहभागी हुन आइपुगेका म्यानमारका राष्ट्रपति विन्ट मिनले बुधबार दिउँसो प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका छन् । उनले लुम्बिनीबाट फर्केलगत्तै प्रधानमन्त्रीसँग भेटेका हुन् ।

उनी सम्मेलनका आइपुग्ने पहिलो उच्चस्तरीय पाहुना हुन् । उनी मंगलबार काठमाडौं ओर्लेका थिए । भुटानका प्रधानन्यायाधीश तथा अन्तरिम मन्त्रीपरिषद्का प्रमुख सल्लाहकार छिरिङ वाङचुक पनि बुधबार काठमाडौं आएका हुन् । उनले पनि प्रधानमन्त्री ओलीस“ग भेटवार्ता गरेका छन् । उनीहरूबीच नेपालको पछिल्लो अवस्था, भुटानको निर्वाचन र नेपालमा रहेका बा“की भुटानी शरणार्थीबारे छलफल भएको बताइएको छ ।

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना बुधबार अपरान्ह काठमाडौं आइपुगेका छन् । बिहान आज बंगलादेश, भारत र थाइल्यान्डका प्रधानमन्त्री क्रमशः शेख हसिना वाजेद, नरेन्द्र मोदी र प्रयुच चाओचा आइपुग्दै छन् ।

मोदीसँग प्रधानमन्त्री ओलीको दुईपक्षीय वार्ता शुक्रबार हुनेछ । मोदी र ओलीले भारतीय दुतावासले तयार गरेको नेपालभारत सम्बन्धबारे पुस्तक पनि संयुक्त विमोचन गर्ने तयारी छ । आज बिहिबार बंगलादेश, भारत र थाइल्यान्डका प्रधानमन्त्री क्रमशः शेख हसिना वाजेद, नरेन्द्र मोदी र प्रयुच चाओचा आइपुग्दै छन् ।

मोदीसँग प्रधानमन्त्री ओलीको दुईपक्षीय वार्ता शुक्रबार हुनेछ । मोदी र ओलीले भारतीय दुतावासले तयार गरेको नेपालभारत सम्बन्धबारे पुस्तक पनि संयुक्त विमोचन गर्ने तयारी छ । रिपोर्टर्स नेपालबाट