गरिबीबिरुद्ध एकजुट हुनुपर्नेमा प्रधानमन्त्रीको जोड

723
views

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौंथो सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबीरिुद्ध उकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

राजधानीको सोल्टी होटलमा बिम्स्टेक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बिम्स्टेकमा सहभागी सात राष्ट्र (नेपाल,भारत, बंगलादेश, थाइल्याण्ड, भुटान, म्यान्मार र श्रीलंका) का सरकार र राष्ट्र प्रमुखसामु प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीले गरिबीलाई क्रुरको संज्ञा समेत दिए । ‘क्रुर गरिबी, जसले हामीलाई अवसरहरू प्राप्त गर्ने कुरामा बाधा उत्पन्न गराएर दुष्चक्रतिर र्डोयाउँछ । अमानवीय, अन्यायपूर्ण र घातक, जसले हाम्रो क्षमतालाई टाढा राख्छ। र, हाम्रा प्रयास र अभिप्रायहरूको पनि उपहास गर्छ’, प्रधानमन्त्री ओलीले भने ।

‘यदि हामीले गरिबीसँग घुँडा टेक्यौं भने लाखौं मानिसलाई माथि उकास्न असफल हुनेछौं प्रधानमन्त्रीको भनाई थियो । उनले सहस्राब्दी विकास लक्ष्यको कार्यान्वयनमा भएको प्रगतिको जगमा टेकेर माथि उठ्नुपर्नेमा जोड दिए ।

दिगो आर्थिक विकासका लागि सन् २०३० को लक्ष्यलाई भेट्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले जलवायु परिवर्तन, औद्योगिक क्रान्ति, आतंकवाद र संगठित अपराध, व्यापार, यातायात र क्षेत्रीय समन्वयनका विषयमा जोड दिएका छन् ।