बिमस्टेक शिखर सम्मेलन सकियो, श्रीलङ्कका नयाँ अध्यक्ष राष्ट्र

981
views

काठमाडौ, १५ भदौ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी मुलुकको प्रयास (बिमस्टेक) को चौथो सम्मेलन सम्पन्न भएको छ । दुईदिनसम्म चलेको सम्मेलनले अठार बुदे काठमाडौं घोषणा पत्र जारी गरेको छ ।

समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेकको अध्यक्षता श्रीलङकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई हस्तान्तरण गरेका छन् ।

सो अवसरमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सदस्य राष्ट्रबाट निरन्तर सहायता प्राप्त भएकोमा आभार व्यक्त गरे । यसपछिको नयाँ अध्यक्ष राष्ट्र श्रीलङका बनेको छ ।

समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्माका राष्ट्रपति विन मिन्त, श्रीलङकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा सहभागी थिए ।