नेपाल नगरपालिका संघको छैठौं अधिबेशन सम्पन्न

1257
views

काठमाडौ, १५ भदौ । नेपाल नगरपालिका संघको छैठौँ राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । सम्पन्न अधिबेशन मार्फत ३९ सदस्यीय केन्द्रीय समिति निर्विरोध निर्वाचित भएको छ ।

संघको अध्यक्षमा धुलिखेल नगरपलिकाका मेयर अशोककुमार व्याञ्जु निर्वाचित भएका छन् भने उपाध्यक्षमा बेलकोगढी नगरपालिकाकी उपमेयर कविता ढुंगाना निर्विरोध भएकी छिन् ।

संघको महासचिवमा निलकण्ठ नगरपालिका मेयर भिम प्रसाद ढुंगाना, उपमहासचिवमा जनकपुरधाम उप महानगरपालिका लाल किशोर साह, कोषाध्यक्षमा घोराही नगरपालिकाका घनश्याम पाण्डे, सह–कोषाध्यक्षमा काठमाडौँ महानगरपालिकाकी हरिप्रभा खड्गी चयन भएकी छिन् ।

संघको सदस्यहरूमा गिता कुमारी पौडेल, सिमा कुमारी क्षेत्री, अन्जु दहित, मन्जु भण्डारी (सुवेदी), ज्ञानेन्द्र सुवेदी, कल्पना राई, वेद नारायण गच्छेदार, शिव प्रसाद ढकाल, रमेश कुमार यादव, योगेन्द्र पजियार, रगिला कुमारी जैशवाल, कृष्ण प्रसाद पौडेल, रिता कुमारी साह, खड्ग वहादुर खत्री, अमान सिंह तामाङ, उद्धव प्रसाद खरेल, महेश खरेल निर्वा्चित भएका छन् ।

यस्तै पदमपाणी शर्मा, जनक राज पौडेल, रमेश कुमार पाण्डे, पूर्ण के.सी.,रम्भा कुँवर, सञ्जु कुमारी चौधरी, अशोक कुमार शाही, सूर्य बहादुर शाही, गोर्ख बहादुर के.सी., दन्ता नेपाली, देव कुमार सुवेदी, डा. धवल शम्शेर ज.व.रा., अजय कुमार गुप्ता, नृप बहादुर वड, अशोक कुमार चन्द, मञ्जु मलासी निर्विरोध निर्वाचित भएका छन ।