१० औं च्याम्पियनसिपमा भाग लिन नेपाली फुटबल टोली ढाका जाने

684
views

काठमाडौँ । ढाकामा हुने १० औं च्याम्पियनसिपमा भाग लिनका लागि २९ सदस्यिय नेपाली टोली ढाका जाने भएको छ । सो टोली आईतबार ढाका प्रस्थान गर्नेछ । उक्त प्रतियोगिता भदौ ९ देखि ३० गतेसम्म चल्नेछ ।

प्रतियोगितामा आयोजक बङ्गलादेशसहित भूटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काले प्रतिस्पर्धा गर्नेछन् । नेपालसहित बङ्गलादेश, पाकिस्तान र भूटान समूह ‘ए’मा तथा भारत, माल्दिभ्स र श्रीलङ्का समूह ‘बी’ मा रहेको अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले बताएका छन् ।

ढाका जाने नेपाली टोलीमा किरणकुमार लिम्बू, विकेश कुथु, एलन न्यौपाने, दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द, सुमन अर्याल, हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल वल, सुजल श्रेष्ठ, निराजन खड्का, भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट रहेका छन् ।