बुढीगण्डकी आयोजनाका प्रभावितले मुआब्जा पाउने

775
views

काठमाडौं १६ भदौ । बुढीगण्डकी जलाशयुक्त आयोजनाबाट प्रभावित घर परिवारले यसैबर्ष मुआव्जा पाउने संकेत देखिएको छ । ऊर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनले प्रभावित परिवारलाई मुआब्जा वितरण यसैवर्ष भित्र सक्ने बताएका छन् ।

पुनले राष्ट्रिय गौरवको आयोजनालाई सरकारले उच्च प्राथमिकता दिएको बताए । सरकारले नै बनाउने घोषणा गरेको आयोजनाको क्षमता १२ सय मेघावाट हुने बताइएको छ । मुआब्जा र पुनर्वासका लागि करिब एक खर्ब खर्च हुने पुनले बताए ।

मन्त्री पुनले हटलाईन ११५१ मा शुक्रबार मध्याह्न १२ देखि १ बजेसम्म सम्पर्क गर्न सक्नेछन् ।