मानव बेचविखनविरुद्ध सडक नाटक

4289
views

रुपन्देही, १५ भदौ । मान्छेले मान्छेलाई नै बिक्री गर्नेका विरुद्ध सडक नाटक प्रर्दशन गरी समाजलाई सचेतना जगाइएको छ । १२ औं अन्तराष्ट्रिय दिवसका अवसरमा मानवबेचबिखनका विरुद्ध सडकदेखी समजासम्म सचेतना जगाउन सडक नाटक देखाइएको हो ।

के. आई. नेपाल, चेली कृषि सहकारी संस्था लि., देवदह नगरपालिका र महिला तथा बालबालिका रक्षक समुहले रुपन्देहीको देवदह नगरपालिकास्थित खैरेनीमा मानब बेचबिखन विरुद्ध बृहत् र्याली, सडक नाटक प्रदर्शनका र सम्मान कार्यक्रम गरेको छ ।

कार्यक्रममा मानव बेचबिखन र लैंगिक हिंसा तथा सबैखाले सामाजिक विभेद अन्त्य गर्नुपनेृमा विशेष जोड दिइएको थियो ।

सडक नाटकपछि देवदह नगरापालिकाका उपमेयर विद्यालक्ष्मी गुरुङ, चेली कृषि सहकारीका अध्यक्ष साबित्रा बस्याल र किशोरी समूहको नेतृत्व गर्दै हाल के.आई. नेपालका परामर्शकर्ता मनु रानालाई सम्मान गरिएको छ ।

विगत चारबर्ष देखी के.आई. नेपालले देवदह नगरपालिकामा महिला समूह गठन र परिचालनका माध्यमबाट महिला र किशोरीहरूलाई महिला सशक्तीकरण र आयआर्जनका तालिम दिई आत्मनिर्भर गराउँदै आइरहेको छ ।

‘संघीयताको सार, मानव बेचबिखन अन्त्यका लागि जिम्मेवारी र सहकार्यका साथ गरौँ खबरदार’ भन्ने नाराकासाथ गरिएको उक्त कार्यक्रममा प्रदेश न.५ रुपन्देहीका सांसद डा.कृष्ण न्यौपानेले २१ औं शताव्दीमा मानव बेचविबखनका विरुद्ध सडकमा आउएर सचेतना जगाउनु विडम्बना रहेको बताए । उनले मानवबेचबिखन विरुद्धको कार्यक्रमले समाजलाई थप सचेतनातर्फ उन्मुख गराएको बताए ।

कार्यक्रममा देवदह नगरपालिकाका उपमेयर विद्यालक्ष्मी गुरुङ र के.आई.नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईलगायतले मानव बेचबिखन विरुद्धको कार्यक्रममलाई सरकारका निकायबाट पनि समाजका सबै तहसम्म पु¥याउनुपर्ने धारणा व्यक्त गरे ।