हिमालय माविमा भलिवल प्रतियोगिता सम्पन्न

1373
views

सन्तोष पाठक
पर्वत, १६ भदौ । नेपाल विद्यार्थी संघ हिमालय मावि कुनपा–२ ले आयोजना गरेको भलिवल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा हिमाल पौडेलको टिम बिजेता भएको छ । विजेता टिमलाई शैक्षिक समाग्री दिएर सम्मान गरिएको थियो । प्रतियोगितामा सोही विद्यालयका चार टिम सहभागी बनेका थिए ।

कार्यक्रममा कुश्मानगरपालिका २ का वडा अध्यक्ष यदुनाथ बास्तोलाले विद्यार्थी जीवनमा अध्ययनमात्र नभई खेलकुद पनि आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रममा नेविसंघ इकाई कार्यसमितिका सभापति बिबेक गिरिले खेलकुदको माध्यमले विद्यार्थीले मनोरञ्जन लिनुका साथै स्वास्थ्यमा पनि विशेष फाईदा पुग्ने उल्लेख गरे ।

कार्यक्रममा इकाईका उपाध्यक्ष झलकराज रेग्मी, विद्यालय वयवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रअ र शिक्षकहरुले सहभागी विद्यार्थी खेलाडीहरुलाई शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन नेविसंघ इकाई सचिव अनिल रेग्मिले सञ्चालन गरेका थिए ।