नेपालद्वारा मलेसियासामु १८९ रनको लक्ष्य प्रस्तुत

807
views

काठमाडौं । मलेसियामा जारी एसिया कप क्रिकेट छनोटको तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियासामु जितका लागि १ सय ८९ रनको लक्ष्य प्रस्तुत गरेको छ । क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा वर्षाका कारण ३० ओभरमा छोट्याइएको खेलमा नेपालले ७ विकेट गुमाएर १ सय ८८ रन बनायो ।

नेपालका लागि दिपेन्द्रसिंह ऐरी र आरिफ शेखले अर्धशतक बनाएका छन् । आरिफले नटआउट ६४ र दिपेन्द्रले ५४ रन बनाए ।

कमजोर शुरुवात गरेको नेपालका लागि दिपेन्द्र र आरिफले छैटौं विकेटका लागि १ सय १ रनको साझेदारी गरेका थिए । त्यस्तै नेपालका लागि अनिलकुमार शाहले १६, पारस खड्काले १३ र दिपेन्द्रसिंह ऐरीले ११ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन ।

मलेसियाका लागि सर्भिन मुनियान्डी र सैजरुल इदरुसले समान ३ तथा मोहम्मद अनवर रहमनले १ विकेट लिए । अब मलेसियाले केही बेरमा ब्याटिङ गर्नेछ ।