सिंगापुरले दियो नेपाललाई १५२ रनको चुनौति

650
views

काठमाडौं । मलेसियामा जारी एसीसी एशिया कप क्रिकेट छनोट अन्तर्गत सिंगापुरले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ । क्वालालम्पुरको युकेएम ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले सबै विकेट गुमाउँदै १५१ रन बनाएको हो ।

४२ ओभर खेलेको सिंगापुरका ब्याट्म्यानहरुलाई सस्तैमा समेट्न सन्दिप लामिछाने र ललित नारायण राजबंशीले ३र३ विकेट लिए । सोमपाल कामीले २ विकेट लिँदा वसन्त रेग्मीले भने एक विकेट लिए । सिंगापुरका लागि चेतन रामचन्द्र सूर्यवंशीले सर्वा्धिक ६० रन बनाए ।

पहिलो खेल ओमानसँग ७ विकेट तथा दोस्रो खेल युएईसँग ७८ रनको अन्तरले गुमाएको नेपालले अन्तिम खेल भने हङकङसँग सेप्टेम्बर ४ मा खेल्नेछ ।