गुप्तेश्वरमा दरखाने कार्यक्रमसँग विद्यार्थी सम्मान कार्यक्रम हुने

1713
views

सन्तोष पाठक
पर्वत, १७ भदौ । नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पसले यहि भाद्र २२ गते तिज बिषेश दर खाने कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको सम्पूर्ण तयारी भएका इकाई अध्यक्ष शिसिर शर्मा पौडेलले बताए ।

कार्यक्रममा विभिन्न संयोजक तोकिएको छ कार्यक्रम संयोजकमा इकाई उपाध्यक्ष अमृत पोख्रेल, आर्थिक संयोजक इकाई सचिव सन्तोष पाठक मञ्च ब्याबस्थापन संयोजक सागर शर्मा, मेश ब्याबस्थापन आनन्द खत्री, अतिथि सत्कार जमुना पौडेल, सुस्मिता शर्मा, यमुना शर्मालाई तोकिएको छ ।

क्याम्पसमा दरखाने मात्र नभएर पराम्परालाई जोगाउन र क्याम्पसमा उत्कृष्ट विद्यार्थी संम्मान कार्यक्रम समेत रहेको हायोजकले जनाएको छ ।

सो अवसरमा जिल्लाबाट उत्कृष्ट अंक प्राप्त गरि १२ कक्षा पास गरेका उत्कृष्ट विद्यार्थी सम्मानित हुनेछन् । कार्यक्रममा चर्चित राष्ट्रिय कलाकारहरुको सहभागिता रहने जनाइएको छ ।