‘अहिलेको कानून कालो कानुन’–डा. केसी

723
views

काठमाडौं, १७ भदौ । आईतवार नेपाल चिकित्सक संघले देशव्यापी अस्पतालका ओपीडीहरु बन्द गरेका छन् । बन्दका क्रममा संघले निकालेको विरोध ¥यालीको कोणसभामा बोल्दै डा. गोविन्द केसीले अहिलेको कानुन नै बिरामीमारा कानुन भएको आरोप लगाएका छन् ।

केसीले मुलुकी ऐनमा स्वास्थ्यकर्मीमाथि लगाइएको नयाँ कानून फिर्ता हुनुपर्ने माग गर्दै नयाँ कानूनले चिकित्सकहरुलाई हतोत्साहित बनाएको आरोप लगाए ।

डा. केसीले सरकारले यस्तो कानुन बनाएपछि डाक्टरहरुले जोखिम मोल्न नसकने समेत उल्लेख गरे । चिकित्सकमाथि लगाइएको नयाँ कानूनले पैसा हुने मात्रैले उपचार गर्न सक्ने अवस्था सिर्जना गरेको बताउँदै मारमा गरिब जनता परेको उल्लेख गरे ।केसीले अहिलेको कानुनलाई ‘कालो कानून’को संज्ञा दिएका छन् ।

डाक्टरले बिरामीको उपचार गरिरहँदा मृत्यु भएमा ज्यानमाराको अभियोग लगाइनु राम्रो नभएको बताउँदै मुलुकी अपराध संहिता ऐनको दफा २३०,२३१,२३२ र २४० लाई संशोधन गर्न माग गरेका छन् ।