सुदूरपश्चिमको महत्वपूर्ण विशेष चाड गौरा

944
views

शिवकी पत्नी हिमालयकी छोरी गौरीले कडा उपासना गरी शिवलाई पतिको रुपमा प्राप्त गरेको स्मरणमा सुदूरपश्चिमको महत्वपूर्ण विशेष चाड गौरा पर्व मनाउने प्रचलन छ । 

यहाँका गौरा घर, मन्दिरमा गौरा र महेश्वरको पूजाआराधना गरि मनाईन्छ । गौराको ब्रत बस्दा वंशबृक्षको निरन्तरता, सन्तानको दीर्घायू र सुखसमृद्धिका साथै सौभाग्यको प्रतीक पतिको दीर्घायूको कामना भएको ठानिन्छ । हरेक वर्ष भाद्र शुक्ल पक्ष पञ्चमीमा पर्ने बिरुडा पञ्चमी पनि हो ।

गौरापर्व डोटी, डडेल्धुरा, बैतडी र दार्चुलामा सबैभन्दा बढी र अछाम, बझाङ, बाजुरा, कैलाली तथा कञ्चनपुरको विशेष ठाउँमा मनाउने गर्छन् ।