झारेर फूल

1041
views

(गजल)

–ऋषिराम पौडेल

झारेर फूल, भन्छौ सजाउँछु मन्दिरमा ।
मारेर प्राणी, भन्छौ चढाउँछु मन्दिरमा ।।

जन्मदिने बा आमालाई बृद्ध आश्रम पठाई ।
कुदेर भब्य मुर्ती, भन्छौ ठडाउँछू मन्दिरमा ।।

नाङगै छन् निमुखा चित्कार छ भोकको ।
होमन गरी अनाज, भन्छौ डढाउँछ मन्दिरमा ।।

हत्या हून्छ प्राणीको जातिय बिभेद छ जककँहा ।
मानवियताको पाठ, भन्छौ पढाउँछ मन्दिरमा ।।

पवित्रता र अपवित्रतासँगै तिरस्कृत हून्छन् त्यहाँ ।
आस्तिक र अनूयायी, भन्छौ बढाउँछु मन्दिरमा ।।

(कृपया यो रचना हो र म हिन्दू र आस्तिक नै हो)
               मोदी गाउँपालिका–७ पर्वत