एसिया प्यासिफिक इन्टेलिजेन्स चिफ्स कन्फरेन्सको उद्घाटन

807
views

काठमाडौ । नेपाली सेना र यु.एस. ईण्डो प्यासिफिक कमाण्ड डाईरेक्टोरेट अफ ईण्टिलिजेन्सको संयुक्त आयोजनामा ११ औं एसिया प्यासेफिक ईन्टिलिजेन्स चिप्स कन्फरेन्स (एपिआईसिसी) को कामु प्रधान सेनापति पूर्णचन्द्र थापाले द्घाटन गुर्नभएको छ । सो कार्यक्रम होटले हायतमा भएको थियो ।

नेपालमा पहिलो पटक सञ्चालन भएको यस कन्फरेन्समा २३ मित्रराष्ट्रहरुका उच्च तहका सैनिक अधिकृतहरु ८३ र नेपाली सेनाको तर्फबाट २० जना गरि जम्मा १०३ जनाको सहभागिता रहेको छ । कन्फरेन्स भाद्र २० गतेसम्म सञ्चालन हुने छ ।

यस प्रकारको बहु(राष्ट्रिय संयुक्त कन्फरेन्सले वर्तमान र भविष्यमा उत्पन्न हुन सक्ने रणनैतिक सुरक्षा चुनौतिको समाधानको लागि अन्तर्राष्ट्रिय स्तरमा भेटघाट, छलफल र समन्वयद्वारा पेशागत विशेषज्ञता आदान–प्रदान हुन गई सैनिक ईन्टिलिजेन्स क्षमतामा थप अभिबृद्धि गर्न मद्धत पुग्ने अपेक्षाा गरिएको छ ।