सम्पन्न गर्न सकिने योजनामा जोड दिऊँ–मन्त्री बस्नेत

867
views

पर्वत, १८ भदौ । गण्डकी प्रदेशका भौतिक तथा पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले धेरै योजना बनाउनु भन्दा थोरै तर, जनताले अनुभूत गर्ने र सम्पन्न गर्न सकिने योजनामा विशेष जोड दिनुपर्ने बताउनुभयो ।

कुश्मा नगरपालिका वडा नं २ खुर्कोटमा शहरी स्वास्थ्य केन्द्र भवनको शिलन्यासका क्रममा पर्वत आएका मन्त्री बस्नेतले स्थानीय निकायको समन्यवले विकासले पूर्णत पाउनेमा जोड दिनुभयो ।

उहाँले हाल सडकमा पचास लाख रुपैयाँ भन्दा कमीको योजना नबनाएको र आगामी आवमा एककरोड भन्दा तलको योजना नबनाउने भन्दै स्थानीय वडाले बर्षमा तीनवटामात्रै योजना सम्पन्न गर्न सके विकासले गति लिने दृढता व्यक्त गर्नुभयो ।

मन्त्री बस्नेतले पर्वतबाट आएका योजनाहरुमा आफु र आफ्नो मन्त्रालयले सक्दो सहयोग गर्ने बताउँदै प्रदेशबाट स्विकृति भई आएका आयोजनाहरुलाई स्थानीय सरकारले प्रदेशको आयोजना मात्रै भएको नबुझि विकासको आयोजना भनेर बुझ्नुपर्नेमा जोड दिनुभयो । मन्त्री बस्नेतले सदरमुकाम कुश्माको होटल बन्दनामा जनप्रतिनीधि लगायतसँग भेटवार्ता गर्नुभएको थियो ।