हङकङविरुद्ध नेपालको खराब प्रदर्शन, ९५ रनमै अलआउट

588
views

काठमाडौं, भदौ– १९ मलेसियामा जारी एशिया कप छनौट क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा नेपालले आज हङकङविरुद्ध खराब प्रदर्शन गरेको छ । टस जितेर पहिले व्याटिङ गरेको नेपाल ९५ रनमै अलआउट हुन पुग्यो । 

पहिलो बलमै सुवास खकुरेललाई गुमाएको नेपाले एक पछि अर्को गर्दै विकेट गुमाउन पुगेको थियो । नेपालका लागि आरिफ शेख र बसन्त रेग्मीले सर्वाधिक ३४ रनको साझेदारी गरेका थिए । आरिफ १८ रनमा आउट भए भने बसन्त १५ रनमा नटआउट रहे । यस्तै अनिल शाह १५, कप्तान पारस खड्का १४, उपकप्तान ज्ञानेन्द्र मल्ल १२, सागर पुन ७, दीपेन्द्र सिंह ऐरी २, सन्दीप लामिछानेले २, सोमपाल कामी र ललित नारायण राजवंशीले खाता खोल्न सकेनन् ।
 दुई खेलमा मात्रै जित हात पारेको नेपाल चौथो स्थानमा रहेको छ । समान २ खेल नै जितेको हङकङ भने तेस्रो स्थानमा रहेको छ । शीर्ष दुईमा रहने टोली फाईनल खेल्ने र विजेता टोली एशिया कपमा छनौट हुनेछ । नेपाललाई आज फाईनलमा स्थान बनाउन हङकङलाई भारी अन्तरले पराजित गर्नुपर्नेछ भने उता ओमानले युएईलाई पनि भारी अन्तरले हराउनुपर्ने हुन्छ ।