स्कुटर नहरमा खस्दा १ जनाको मृत्यु

1044
views

चितवन, भदौ १९ भरतपुर महानगरपालिका–७ तेह्रसाल चोकमा गएराति स्कुटर नहरमा खस्दा १ जनाको मृत्यु भएको छ भने १ जना वेपत्ता भएका छन् ।

स्कुटरमा सवार ४७ वर्षीय भविश्वर भण्डारीको मृत्यु भएको छ, भने अर्का एक व्यक्ति नहरमा बगेर वेपत्ता भएका छन् । उनको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भरतपुरको पेन्सन क्याम्पबाट तेह्रसाल चोकतर्फ आउँदै गरेको ना ३४ प ९९४१ नं को स्कुटर पुल तर्ने क्रममा नहरमा खसेको थियो । भण्डारीको शव नहरबाट ५० मिटर टाढा फेला परेको थियो भने वेपत्ता भएका व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।