‘प्रोटोकल’ माथि छलफल गर्न तेस्रो बैठक शुरु

661
views

काठमाडौ, २० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा भएका दुई देशबीचको व्यापार तथा पारवहन सम्झौता ‘प्रोटोकल’लाई अन्तिम रुप दिन दुवै देशका अधिकारीहरुको तेस्रो बैठक काठमाडौंमा सुरु भएको छ । यो तस्रो पटकको बैठक हो ।

बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजुले गरेका छन् भने चीनको यातायात विभागमा महानिर्देशक वाङ सिपिङले गरेका छन् ।

बैठकमा नेपाली पक्षबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिहरुसहभागी रहेका छन् ।

उक्त बैठक दुई दिनसम्म चल्नेछ । बैठकले सो सम्झौताको प्रोटोकललाई अन्तिम रुप दिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर संैजुले जानकारी दिए ।