इजीलिंक रेमिट्यान्स र गरिमा विकास बैंकबीच सम्झौता

1414
views

काठमाडौ । जापान, दक्षिण कोरिया, साइप्रस, अमेरिका लगायत विश्वका बिभिन्न देशबाट नेपाल रेमिट्यान्स सेवा दिंदै आएको इजीलिंक रेमिट्यान्सले गरिमा विकास बैंकसँग रेमिट्यान्स भुक्तानी सम्झौता गरेको छ ।

सम्झौतापत्रमा इजीलिंक रेमिट्यान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डि.पि. अर्याल र गरिमा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द ढकालले हस्ताक्षर गरेका छन् ।

इजीलिंक रेमिट्यान्सले विश्वका विभिन्न मलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ । सम्झौतापछि इजीलिंक रेमिट्यान्सका प्रबन्ध निर्देशक दिपेन्द्र खनालले गरिमा विकास बैंकसंगको रेमिट्यान्स भुक्तानी सम्झौताले प्रवासी नेपालीहरुले विदेशबाट पठाएको पैसालाई छिटो, छरितो तरिकाले सेवाग्राहीसम्म पु–याउन थप सहज बनाउने र आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान देशभरका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुका साथै नीजि कम्पनीहरुसंग पनि रेमिट्यान्स भुक्तानी सम्झौतालाइ तिब्र पार्नुका साथै अन्य देशबाट पनि रेमिट्यान्स भित्राउन तिब्र रुपमा अघि बढिरहेको जानकारी गराए ।

यो सम्झौतासंगै विश्वका विभिन्न मुलकबाट इजीलिंक रेमिट्यान्स मार्फत पठाएको रकम अब गरिमा विकास बैंकको देशभरि रहेका ६० भन्दा धेरै शाखाहरुबाट साथै इजीलिंक रेमिट्यान्सको ५००० भन्दा बढी एजेन्ट, सब–एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट भुक्तानी लिन सकिने कम्पनीका प्रबन्ध निर्देशक दिपेन्द्र खनालले बताए ।