साढे चार लाख घुससहित रसुवाका वडा सचिव पक्राउ

628
views

पर्वत, २०, बैशाख । अख्तियारले साढे चार लाख घुससहित रसुवाको नौकुण्ड गाउँपालिका १ र २ का वडा सचिवलाई पक्राउ गरेको छ । चाइना पासका लागि चार लाख ५० हजार रुपँयाँ घुस लिइरहेका वडा सचिव राजेन्द्रप्रसाद आचार्यलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । उनीसँगै वडाका कार्यालय सहायक लाक्पा तामाङ पनि पक्राउ परेका छन् ।