अख्तियारको प्रमुख आयुक्तमा घिमिरे सिफारिस

1341
views

काठमाडौँ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको संवैधानिक परिषदको बैठकले नविन घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको छ ।

घिमिरेलाई बरिष्ठताका आधारमा प्रमुख आयुक्त सिफारिस गरेको हो । परिषदले सिफारिस गरेको नामलाई संसदीय सुनुवाई समितिले सुनुवाई गरी अनुमोदन गर्ने व्यवस्था छ ।

नविन घिमिरेले कायममुकायम प्रमुख आयुक्तको रुपमा जिम्मेवारी सम्हाल्दै आएका थिए । घिमिरे २०७१ सालमा अख्तियारको आयुक्तमा नियुक्त भएका थिए ।