युएस ओपन टेनिसको महिला एकलतर्फ सेरेना फाइनलमा प्रवेश

728
views

भदौ, २२, गते । अमेरिकाको न्यूयोर्कमा आज बिहान सकिएको युएस ओपन टेनिसको सेमिफाइनल खेलमा लात्भियाकी अनास्तासिया सेभास्तोभालाई हराउँदै सेरेना नवौं पटक युएस ओपनको फाइनलमा पुगेकी छन् ।

सेभास्तोभा विरुद्धको खेल सेरेनाले ६–३ र ६–० को सोझो सेटमा जितिन् । २३ पटक ग्राण्ड स्लाम टेनिसको उपाधि जितिसकेकी सेरेना आमा बनेपछि पहिलो उपाधिको खोजीमा छिन् । २४ औं ग्राण्ड स्लाम जितेको खण्डमा सेरेनाले सर्वा्धिक उपाधि जित्ने अष्ट्रेलियन टेनिस हस्ती मार्गरेट कोर्टको कीर्तिमान बराबरी गर्नेछिन् ।

सेरेनाले अब उपाधिका लागि जापानकी खेलाडी नाओमी ओसाकासँग खेल्नेछिन् । आजै भएको दोस्रो सेमिफाइनलमा अमेरिकाकी म्याडिसन किजलाई ६–२ र ६–४ को सोझो सेटमा हराउँदै ओसाका पहिलो पटक ग्रान्ड स्लाम टेनिसको फाइनलमा पुगेकी हुन् । उनी ग्राण्ड स्लाम टेसिनको फाइनलमा पुग्ने पहिलो जापानी महिलासमेत बनेकी छन् ।