न्याय हराएकोप्रति बालबालिका चिन्तित

2068
views

महेन्द्र जिसी । पर्वतको नमुना आवासिय माविका विद्यार्थीहरुले निर्मला पन्तको बलत्कार पछिको हत्या र पोखराकी पुजा केसीको हत्या लगायतका विषयलाई गिती लयमा प्रस्तुत गरी ती विशेष कार्यक्रम गरेका छन् ।

कार्यक्रममा प्रत्योगी विद्यार्थीहरुले देशरको सुरक्षा निकायको फितलो अनुसन्धान रक्षक नै भक्षक तथा घटनामा राजनीतिकरण हुँदा न्याय हराएको विषयलाई गिति लयमा उठान गरेका छन् ।

नाटकीय रुपमा मन छुने दृश्य प्रस्तुत गरेका बालबालिकाहरुले वैदेशीक रोजगारले रित्तो भएको गाउँघर, स्थानीय तहले लगाएको अनावश्यक कर, खर्चीलो शिक्षा, स्वास्थ्य, पुर्वाधारविहीन अनकन्टार नगर स्थानीय निकाय लगायतका बारेमा वालवालिकाहरुले बोलेका हुन ।

निर्मला हत्याका दोशी ठह¥याउन नसक्ने निरिह सरकार र सुरक्षा निकायप्रति पनि बालबालिकाहरुले प्रश्न उठाएका छन् ।

विद्यालयका प्रिन्सिपल ईन्द्रमान खत्रीले क्यासेट र रेकर्ड गित बाहेक आँफुमा भएको प्रतिभा प्रस्तुत गराउन र बालबालिकहरुलाई संस्कार रितिथिति सिकाउन तीज विषेश कार्यक्रमको आयोजना गरीएको बताए ।

विद्यालयमा जुनीय र सिनीयर सदन बनाएर आठ प्रतियोगीहरुको सहभागिता गराइएको थियो ।