जनप्रतिनिधिले आफ्नो तलबबापत आएको रकमबाट शैक्षिक सामाग्री बितरण

1292
views

अजय पौडेल, नवलपुर भदौ– २३ बाग्लुङ जैमनी नगरपालिका वडा नम्बर ७ का वडा सदस्य केन्द्र रसाइलीले जनप्रतिनिधि भएर आएको तलब र भत्ता बाट बिधालयमा शैक्षिक सामाग्री बितरण गर्नुभएको छ ।

उहाँको दोस्रो चरणको कार्यक्रम अन्तर्गत जैमिनी नगरपालिका वडा नम्बर ७ जैदी बाग्लुङको सस्कृत माबिमा जनप्रतिनिधि भएर आएको तलब र भत्ता बाट बिधालयमा शैक्षिक सामाग्री बितरण गर्नुभएको हो । उहाले शैक्षिक सामाग्री बितरण गर्दै विद्यार्थीहरुको भविष्य उज्जल हुने आशा लिएको बताउदै रु ८४०५४/- बराबरको विज्ञान विषयका प्रयोगात्मक सामग्री हस्तान्तरण गर्नुभएको हो । विज्ञान विषय सामग्री हस्तान्तरण गर्न पाउदा धेरै खुशी भएको बताउदै उहाले “कुनै दिन मैले भनेको थिए राज्यबाट पाएको सेवा सुबिधा म एक पैसा पनि खाने छैन भनेअनुसार विद्यालयमा हस्तान्तरण गर्न पाउदा अझ हर्षित भएको छु।” कार्यक्रममा प्रतिनिधिसभा सद्स्य प्रकाश रसाईली प्रमुख अतिथि रहनुभएको थियो भने कार्यक्रममा जैमनी नगरपालिकाका प्रमुख ईन्द्रराज पौडेल, नेपाल विद्यार्थी संघका सहमहामन्त्री हरिहर शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा शिक्षक, पत्रकार, सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी ,विद्यार्थीहरु, वडाबासी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम वडा सदस्य रसाइलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।