उत्कृष्ट अङक ल्याउने विद्यार्थीहरु सम्मानित

1317
views

पर्वत, २३ भदौ । नेपाल विद्यार्थी संघ गुप्तेश्वर ईकाई समिति गुप्तेश्वर बहुमुखी क्याम्पस कुस्माले कक्षा १२ को परिक्षामा ०७४ मा जिल्लाको टपर लिष्टमा परेका विद्यार्थी सहित क्याम्पसको स्नातक तहको बोर्ड परिक्षामा उत्कृष्ट अङक ल्याएका विद्यार्थीहरुलाई सम्मान गरेको छ । विद्यार्थीहरुलाई सम्मानसँगै तीजको अवसरमा दर खुवाउने कार्यक्रम समेत गरेको छ ।

सम्मान एवं दर खुवाउने कार्यक्रममा कुस्मा नगरपालीकाकी उपप्रमुख सीता काफ्ले लामिछानेले राष्ट्र निमार्णको प्रमुख जिम्मा विद्यार्थीहरुमा रहेकाले पढाईसंगै समाजका हरेक कार्यमा सहभागीता जनाउनुपर्नेमा जोड दिईन् । उनले तीजपर्वको शुभकामना सहित तीज मनाउँदा समाजमा भड्कीले संस्कारको अन्त्य गर्ने सन्देश छर्न समेत विद्यार्थीहरुलाई अनुरोध गरिन् ।

कार्यक्रममा स्ववियु कार्यवाहक अध्यक्ष सन्तोष पाठकले गुप्तेश्वर बहुमुखी क्याम्पसमा गुणस्तरीय शिक्षाको विकास गर्नुपर्नेमा जोड दिए । उनले सरकारी शिक्षा वेरोजगारहरु उत्पादन गर्ने भट्टी भएको भन्दै राजयले नै परिवर्तनमुखी शिक्षाको अवधाणा ल्याउनुपर्ने बताए ।

कार्यक्रममा नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष शिशर शर्मा, नेपाली काँग्रेसका जिल्ला सदस्य कुलप्रसाद उपाध्याय, काँग्रेसका महाधिवेशन प्रतिनिधी राधा कुँवर क्षेत्री, नेपाल टे«ड युनियन पर्वतका अध्यक्ष सुरेन्द्र केसी, नेपाल विद्यार्थी संघका अध्यक्ष रामचन्द्र पौडेल (आर.सी) लगायतले परिर्वतनमुखी शिक्षा आजको आवश्यकता रहेको बताए ।