बेगनास तालमा डुङगा पल्टिदा एकको मृत्यु, ४ बेपत्ता

689
views

पोखरा, २३ भदौ । पोखरा बेगनास तालमा डुङगा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना बेपत्ता भएका छन् ।

डुङ्गामा नौजना यात्रु मध्ये ४ जनाको जिवितै उद्धार गरिएको र एक्जनाको सव निकालिएको स्थानीयले बताए । डुङगा पल्टिएको खबर लगत्तै प्रहरी टोली उद्धारमा खटिएको थियो ।

अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।