आदर्शमा तीज गीत तथा नृत्य प्रतियोगीता सम्पन्न

502
views

पर्वत । हरितालिका तीजको अवसरमा जुनियर रेडक्रस सर्कल, आदर्श बाल क्लव र स्काउटको सयुंक्त आयोजनामा आदर्श आवासीय अंग्रेजी मावि कुश्माका विद्यार्थीहरुले आयोजना गरेको तीजगित प्रतियोगिता सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा विद्यालयमा २० नृत्य समूह र १५ गीतको समूहले छुट्टा छुट्टै प्रस्तुति दिएका थिए ।
प्रतियोगितामा लिजा गुरुङ्, शान्ति सुवेदी, सौजन्य श्रेष्ठ र रनिज्ञा क्षेत्रीको समुह प्रथम भएको थियो । अस्मिता पौडेल र रक्षा शर्माको समुह द्धितिय, दिक्षा पुन, आसिका पुन र सरिता पुनको समुहले तृतिय स्थान हासिल गरेको थियो ।

प्रतियोगितामा विनिता चापागाई र अजिता शर्माको समुह प्रथम रश्मि रेग्मी, सजनि रिमाल र रितिका केसीको समुह द्धितिय, अस्मिता पौडेल, रक्षा शर्मा, शान्ति सुवेदी, लिजा गुरुङ्, रनिज्ञा क्षेत्री र सौजन्य श्रेष्ठको समुह तृतिय साथै पूर्णिमा पौडेल, विन्दिया आचार्य र मुस्कान रोकाको समुहले सान्त्वना स्थान हासिल गरेका थिए ।
एकल नृत्यमा पवित्र पुनको प्रस्तुति उत्कृष्ठ भएको थियो । सम्पूर्ण व्यवस्थापनमा सञ्चालित उक्त कार्यक्रममा विद्यार्थीहरुले आफ्नो धर्म, सस्कृति, तथा मौलिकतामा आधारित सन्देश मुलक र शिक्षाप्रद गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सम्पूर्ण आदर्श क्लवका संरक्षक तथा प्रिन्सिपल हिमबहादुर पौडेल क्षेत्रीले धर्म, संस्कृतिको जर्गेना हरेक राष्ट्रका नागरीकको प्रमुख दायित्य हो’ भन्ने भावानाबाट प्रेरित भई विद्यार्थीहरु सहभागि भएको बताए ।
जुे.रे.स आदर्श अध्यक्ष सुर्यचन्द्र रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा निर्णायकमा मिन वहादुर थापा, नारायण पौडेल र रेखा पुन रहेका थिए ।