सेरेनालाई हराउँदै जापानकी ओसाकाले जितिन उपाधी

732
views

काठमाण्डौँ, २४ भदौ । अमेरिकाको न्यूयोर्कमा सम्पन्न वर्षको अन्तिम ग्राण्ड स्लाम युएस ओपनको महिला एकलतर्फको फाइनलमा दावेदार सेरेना विलियम्सलाई हराउँदै ओसाकाले पहिलो पटक ग्राण्ड स्लाम उपाधि जितेकी हुन् ।

सेरेना विरुद्धको खेल ओसाकाले ६–२ र ६–४ को सोझो सेटमा जितिन् । खेलमा अम्पायर कार्लोस रामोससँग रिसाएकी सेरेनालाई पेनाल्टी समेत गराइएको थियो ।

क्रुद्ध बनेकी सेरेनाले अम्पायर रामोसलाई चोर भन्दै गाली गरेपछि स्थिति असहज बनेको थियो ।

खेल सकिएपछि सेरेनाले अम्पायससँग हात मिलाउनसमेत अस्वीकार गरेकी थिईन् ।

उता सेरेनालाई हराउँदै उपाधि जितेकी नाओमी ओसाका ग्राण्ड स्लाम टेनिसको उपाधि जित्ने पहिलो जापानी महिला बनेकी छन् ।

युएस ओपनको पुरुषतर्फ उपाधिका लागि सर्वियाका नोभाक जोकोभिच र अर्जे्न्टिनाका हुँवा मार्टीन डेल पोट्रो भिड्नेछन् ।

सेमिफाइनलमा स्पेनका रफाईल नदाललाई हराउँदै डेल पोट्रो तथा जापानका केई निशिकोरीलाई हराउँदै जोकोभिच फाइनलमा पुगेका हुन् ।