काँग्रेसभित्रको गुट अन्त्य हुनुपर्दछ–कोइराला

925
views

चितवन, २४ भदौ । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले बिपीको सपनाअनुसार पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिदैं गुट उपगुटको अन्त्य हुनुपर्ने बताएका छन् । १०५ औँ बिपी जयन्तीका अवसरमा नेपाली काँग्रेस चितवनद्वारा आयोजित शुभकामना आदानप्रदान एवं तीज कार्यक्रममा काँग्रेस एकजुट हुनुको विकल्प नरहेको बताए ।

कोइरालाले गुटबन्दीले पार्टीलाई असर गर्छ भन्ने बीपीको बाणी स्मरण गराउँदै गुटले पार्टीलाई कमजोर बनाएको दाबी गरे । बिपीले आफ्नो मृत्यु हुनुअघि ठूलो मानिस होइन, असल मानिस बन्नु भनेको सन्दर्भ सम्झाउँदै उनले ‘अब असल मानिस बन्ने र बनाउने समय आएको बताए ।

कार्यक्रममा चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मी, काँग्रेसका केन्द्रीय सदस्य डिला संग्रौला, महिला संघ चितवनकी अध्यक्ष पार्वती शाह, प्रदेशसभा सदस्य गीता वाग्ले, महाधिवेशन प्रतिनिधि गीता गुरुङ, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य कल्पना पौडेल लगायतले मुलुकको विकास र समृद्धिका लागि बिपीको विचार र चिन्तन सान्दर्भिक रहेको बताए ।