थापालाई महारथीको दर्ज्यानी चिह्न प्रदान

763
views

काठमाडौँ २४ भदौ । नवनियुक्त प्रधान सेनापति पूणर््चन्द्र थापालाई नेपाली सेनाको प्रधानसेनापति पदको दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई नेपाली सेनाको प्रधान सेनापति पदको दर्ज्यानी चिह्न प्रदान गरेकी हुन् ।

आइतबार राष्ट्रपतिको कार्यालयमा आयोजित एक विशेष समारोहमा नवनियुक्त प्रधान सेनापति महारथी थापालाई नेपाली सेनाको प्रधान सेनापति पदको दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

थापाले सैनिक ऐन, २०६३ को दफा ९ को उपदफा ९२० बमोजिम आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा रक्षा मन्त्री, गृह मन्त्री, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु लगायत अन्य विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

थापा २०३७ साल मंसिर २७ गते सेनाको गोरख बहादुर गणमा सहायक सेनानी दर्जामा नियुक्त भएका थिए ।