ऐश्वर्यालाई यस्तो अर्वाड

816
views

ऐश्वर्या राय बच्चनले ‘मेरिल स्ट्रिप अवार्ड फर एक्सिलेन्स’ अवार्ड हात पारेकी छन् । पूर्व मिस वल्र्ड ऐश्वर्यालाई भारतीय फिल्म उद्योगमा दिएको योगदानको कदर गर्दै यो अवार्ड प्रदान गरिएको हो । फिल्म र टिभीका उत्कृष्ट महिला अभिनेत्रीलाई सम्मान गर्न ‘उमन इन फिल्म एन्ड टेलिभिजन’ (डब्लूआईएफटी) इन्डिया अवार्ड स्थापना भएको हो । यो अवार्डमा बलिउड र हलिउडका महिला अभिनेत्रीलाई छानिन्छ ।

यसमा पहिलोपटक ऐश्वर्या राय बच्चनलाई भारतीय फिल्म उद्योगबाट मेरिल स्ट्रिप एक्सिलेन्स अवार्डका लागि चुनिएको हो । ऐश्वर्यासँगै फिल्म मेकर जोया अख्तर र धडक फिल्मबाट बलिउडमा डेब्यु गरेकी श्रीदेवीकी छोरी जानवी कपुरलाई पनि समारोहमा सम्मानित गरिनेछ ।

आइतबारसम्म चल्ने अवार्ड सेरेमोनीमा साउथ एसियन फिल्म फेस्टिभल पनि आयोजना हुँदैछ। ऐश्वर्याको प्रसिद्धि विश्वभरि भएकाले पनि सन् २००२ मा उनीद्वारा अभिनीत फिल्म ‘देवदास’ कान्स फिल्म फेस्टिवलमा देखाइएको थियो ।