नेपाली सेनाको प्रधानसेनापतिमा महारथी पूर्णचन्द्र थापा

2939
views

काठमाडौँ । नेपाली सेनाका परमाधिपति तथा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक विशेष समारोहमा नवनियुक्त प्रधानसेनापति महारथी पूर्णचन्द्र थापालाई महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरिन् ।

थापा नेपाली सेनाको ४३ औँ प्रधानसेनापति बन्न सफल भएका छन् । मिति २०७५ भाद्र ०३ गते बसेको मन्त्रीपरिषद् वैठकले कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई महारथीमा बढुवा गरी प्रधानसेनापतिमा नियुक्ती गर्न सिफारिस गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान २०७२ को धारा २६७ को उपधारा (५) बमोजिम आज ०७५ भाद्र २४ गते थापा प्रधानसेनापतिमा नियुक्ती भएका हुन् ।

सैनिक परम्परा अनुसार नवनियुक्त प्रधानसेनापतिलाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो तत्पश्चात उनले आफ्नो कार्यकक्षमा कार्यालय बहाली गरी प्रधानसेनापतिको कार्यभार सम्हालेका छन् ।

प्रधान सेनापति थापा २०१७ भाद्र २५ गते लम्जुङ जिल्लामा जन्मिएका हुन् । उनी २०३७ मंसिर २७ गते सहायक सेनानी दर्जाबाट सैनिक सेवामा प्रवेश गरेका थिए ।