कुनै एक पद लिने सर्तमा पार्टी एकता भएको प्रचण्डको खुलासा

579
views

काठमाडौं, २५ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये कुनै एक पद आफूले लिने सर्तमा पार्टी एकता गरिएको खुलासा गरेका छन् । दिल्ली दौडमा रहेका प्रचण्डले दुई बर्षभित्रमा यो एक सर्त पुरा गर्नेगरी नै एकता भएको भारतीय सञ्चार संस्था ‘हिन्दुस्तान टाइम्स’का लागि प्रशान्त झासँगको अन्तर्वार्ताका क्रममा यस्तो खुलासा गरेका हुन् ।

प्रचण्ड चारदिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किएका छन् । ’यदि यी दुईमध्ये कुनै पद नदिइए के हुन्छ’ भनेर झाले गरेको प्रश्नमा अध्यक्ष प्रचण्डले भने, ‘त्यसपछि के हुन्छ, हामी हेर्दै जानेछौ ं। अहिले हामी पूर्ण इमान्दार भएर अगाडि बढिरहेका छौं । म त्यही रुपमा नै अघि बढिरहेको छु । भारतीय नेतालाई पनि मैले यही भनेँ ।’