पाराग्लाइडिङ खेलाडीलाई जनही एक लाखसहित सम्मान

925
views

पोखरा, २७, भदौ । गण्डकी प्रदेश सरकारले इन्डोनेसिया एसियाडमा नेपाललाई एकमात्र रजतपदक दिलाउन सफल नेपाली पाराग्लाइडिङ टिमलाई एक÷एकलाख रुपैयाँ नगदसहित सम्मान गरेको छ ।

पोखरामा आयोजित एक कार्यक्रममा प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ मार्फत सम्मान गरिएको हो । सम्मान कार्यक्रममा राष्ट्रको गरिमा बढाउने पोखरेली खेलाडीको योगदानको कदर गरिएको गुरुङ्गले बताए ।

पाराग्लाइडिङ टिमका पाँचजना खेलाडीलाई बिमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापालाई जनही एक लाख रुपैयाँसहित सम्मान गरिएको थियो ।

यस्तै, मुख्य प्रशिक्षक योगेश भट्टराई, सहायक प्रशिक्षक सानुबाबु सुनुवार र टिम व्यवस्थापक शैलेन्द्र राउतलाई पनि जनही २५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।