तीजः जिल्लामा भेटिएन रंगमञ्च

1058
views

पर्वत । आज भाद्र शुक्ल तृतीया अर्थात् तीज हिन्दू धर्मावलम्बी महिलाहरू महादेवको व्रत तथा पूजा–आराधना गरी मनाउँदैछन् । आज पुजा गरिने महादेवलाई उमामहेश्वरको रुपमा पुज्ने चलन छ ।

आफ्नो नजिकका शिवालयमा पुगी पूजाअर्चनामा निकै व्यस्त देखिएपनि साना शहरमा भने तीजको रौनक खासै भेटिएन ।

ठूला शहरमा तीजको रौनक निकै देखिएपनि जिल्लातिर भने खासै रौनक देखिएन् । भुरे कार्यक्रमलले तीजका चेलीहरुलाई खासै आर्कषण गरेन् ।

हिन्दू धर्मालम्वी महिलाहरु मन्दिर, देवालय, शिवालयमा गएपनि रंगमञ्च भने खासै भेटेनन् ।