अमेरिकामा आँधीबेहरी, तीन राज्यमा सङ्कटकाल घोषणा

2000
views

अमेरिका, भदौ २८ अमेरिकाको दक्षिण पूर्वी क्षेत्रमा बिहीबार साँझ वा शुक्रबार बिहानसम्ममा फ्लोरेन्स नामक विशाल आँधीबेहरी आउने अनुमान गरिएको छ ।

करिब दुई दशकपछि यस क्षेत्रमा आउँदै गरेको यो शक्तिशाली आँधीबेहरी हो । यो आँधीलाई क्याटागोरी –४ र सोभन्दा पनि माथि पुग्नसक्ने सम्भावना आंैल्याइएको छ । १५७ माइल अर्थात् २१५ किमी प्रतिघन्टाको गतिले आउने यो तुफानले बिजुलीका खम्बा लडाउने छ, तार छिन्नभिन्न बनाउने भएकोले करिब एक महिनासम्म यसको पुनस्र्थापना गर्न असम्भव प्रायः छ ।

फ्लोरेन्स नामक सो आँधीले अमेरिकाका तीन राज्य नर्थ क्यारोलिना, साउथ क्यारोलिना र भर्जिनियामा व्यापक असर पर्ने अनुमान गरिएको छ । यसबाट अकल्पनीय रूपमा धेरै धन जनको विनाश हुने अनुमान गरिएको छ । त्यसैले यी तीनै राज्यका विशेषतः सामुद्रिक तटीय क्षेत्रमा बसोबास गर्ने करिब १७ लाख मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यी तीनै राज्यमा आपतकालीन स्थितिको घोषणा गर्नुभएको छ ।