मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा बाग्लुङ्गका नेपाली

582
views

पोखरा, २८ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङको राजनीतिक सल्लाहकारमा बागलुङका गोबिन्दबहादुर नेपाली नियुक्त भएका छन् ।

प्रदेश मन्त्रिपरिषद्को सम्पन्न बैठकले नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रीय सदस्य नेपालीलाई राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो । नेपाली प्रदेशको राज्यमन्त्रीसरह सेवासुविधा पाउने गरी नियुक्त गरेको हो ।

नेपालीले राजनीति र समाजशास्त्रमा एमए उत्तीर्ण गरेका छन् । नेपाली खुला विश्वविद्यालयबाट राजनीति शास्त्रमा एमफिलमा अध्ययनरत छन् । उनी हाल ४३ बर्ष उमेरका हुन् । दोस्रो जनआन्दोलनका दौरान उनलाई तत्कालिन शाही सरकारले राजद्रोहको मुद्दा लगाएको थियो ।