डोटी बस दुर्घटनामा २६ घाईते ९ घाइते गम्भीर (नामसहित)

767
views

डोटी, २८ भदौ । डोटीको जोरायल गाउँपालिका–२, छतिवनमा भएको बस दुर्घटनामा २६ जना घाइते भएका छन् । दुर्घटनामा बस चालक, बस धनीसहित ९ जनाको अवस्था गम्भीर छ । सो बस दार्चुलाबाट कञ्चनपुरको महेन्द्रनगर आउँदै गरेको थियो । कञ्चनपुरको महेन्द्रनगर आउँदै गरेको सो ना ५ ख ९११४ नम्बरको बस दार्चुलाको अठासीमोडमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नेपालखबरलाई दिएको जानकारीअनुसार दुर्घटनामा गम्भीर घाइते भएका बस चालक कञ्चनपुरको कृष्णनगर–२ का ३४ वर्षीय पदम पन्त र बस धनी कृष्णनगर–३ का ४५ वर्षीय गंगादत्त जोशीलाई थप उपचारका लागि भारतको खाटीमा रिफर गरिएको छ ।

अन्य गम्भीर घाइते सात जनाको कैलालीको अत्तरियामा रहेको पद्मा अस्पतालमा उपचार भइरहेको छ ।

कञ्चनपुरको बेलडाँडी–१ का २७ वर्षीय महेशसिंह धामी, बेतकोट–१० का ३० वर्षीय हरतसिंह भण्डारी, जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी जवान भोजराज अवस्थी, दार्चुला मार्मा–१ का ३८ वर्षीय अम्बरसिंह ठगुन्ना र सुर्खेत वीरेन्द्रनगर–३ का २४ वर्षीय प्रदीप सुनारको उपचार पद्मा अस्पतालमा भइरहेको हो । बस सडकबाट ६० मिटर तल खसेको बताइएको छ ।